Logo

झापालाई सडेन डेथमा हराउदै एपीएफ क्वार्टरफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक २ , शनिबार ०६:१० मा प्रकाशित

चितवन । मोफसलको झापा ११ लाई सडेन डेथमा हराउदै विभागीय टोली नेपाल एपीएफ जेसिज विकास रनिङ शिल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । चितवनस्थित क्याम्पाचौर मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकर हुदै सडेन डेथमा पुगेको थियो ।
सडेन डेथमा एपीएफका अमृत चौधरीले झापाका सुरज विकको प्रहार रोकेका थिए लगत्तै राजेन्द्र रावलले बललाई जाली चुमाउदै टोलीलाई क्वार्टरफाइनलमा प्रबेश गराएका हुन् । टाईब्रेकरमा दुबै टोलीले समान ४ गोल गरेका थिए । खेलमा एपीएफका गोलरक्षक चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा भोली जावलाखेल युथ क्लब र दार्जेलिङ युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?