Logo

ज्योतीको अर्धशतकमा विराटनगरको सहज जित

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । विराटनगर टाईटन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा ललितपुर फाल्कन्सलाई ४ विकेटले हराउदै विराटनगरले प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य विराटनगरले २४ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । ज्योति पाण्डेले ६५ र सोनु खड्काले २४ रन बनाउदै टोलीको जित निश्चित पारे । अस्मीना कर्मचार्य १२ रनमा अबिजित रहदै टोलीलाई जितसम्म पुर्याईन् । ललितपुरकी सम्झना खड्काले २ तथा करुण भण्डारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको मध्यम योगफल तयार पारेको थियो । ललितपुरका लागि ममता चौधरीले २८ र करुणा भण्डारीले २१ रन बनाईन् । कृति सेन र सम्झना खड्काले समान १३ रन जोडे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?