Logo

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त, पारसको राजिनामा स्विकृत

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०३:१० मा प्रकाशित

काठमाण्डौ । ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ क्यानले लामो समय टोलीको उपकप्तानको रुपमा रहेका मल्ललाई कप्तानको जिम्मेबारी दिएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार क्यानले पासर खड्काले बुझाएको राजिनामा स्विकृत गर्दै ज्ञानेन्द्रलाई कप्तानको जिम्मेबारी दिएको हो ।
प्याकुरेलले भन्नुभयो– पारसलाई हामीले कप्तानकै रुपमा फर्कन आग्रह गरेका थियौ तर उहाले मान्नुभएन, त्यसपछि हामी अर्को विकल्पमा गएका हौ । क्यानले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । संघले क्रिकेट टोलीको नयाँ कप्तान र उपकप्तानबारे प्रशिक्षक उमेश पटवाललाई आजै जानकारी गराएको छ ।
टोलीका महत्वपुर्ण सदस्य रहेका ज्ञानेन्द्र १ दशक भन्दा बढि समयदेखी उपकप्तानको भुमिकामा थिए । दिपेन्द्र भने उमेर समुहको कप्तान हुदै सिनियर टोलीको उपकप्तानका रुपमा समेत रहिसकेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?