Logo

ज्ञानेन्द्र मल्लले ओमान भ्रमण नगर्ने

ई-खेलकुद २०७६ भदौ १७ , मंगलबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, ओमानमा हुने ५ राष्ट्र सम्मीलित टी–२० सिरिज नखेल्ने भएका छन् । ब्यक्तिगत कारण देखाउदै मल्लले प्रतियोगिता नखेल्ने भएका हुन् । असोज १८ देखी २३ गतेसम्म हुने सिरिजमा नेपालसहित टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली सोहि प्रतियोगिता र आसन्न साग खेलकुद अन्र्तगत पुरुष क्रिकेटका लागि तयारीमा जुटिरहेको छ । उपकप्तान मल्लले ब्यक्तिगत कारणले ओमान भ्रमण गर्न नसक्ने भन्दै त्यसको जानकारी टोली ब्यबस्थापकलाई पनि गराईसकेका छन् । प्रतियोगितामा नेपाल र ओमानसंगै नेदरल्याण्ड्स, आयरल्याण्ड र हङहङले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले असोज १९ गते हङकङसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?