Logo

जोर्डनबिरुद्ध नेपालको सुरुवाती सेटमा तीन परिवर्तन

ई-खेलकुद २०७८ जेठ २४ , सोमबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । विश्वकप तथा एसीया कप छनोट अन्तर्गत जोर्डनसंग आज हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्लेईङ सेट सार्बजनिक भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले पौने १० बजे सुरु हुने खेलका लागि टोलीको सुरुवाती ११ को सेट सार्बजनिक भएको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोलीमा तीन परिवर्तन गरेका छन् । रक्षात्मक रणनीति अपनाउँदै टोलीमा परिवर्तन भएको हो ।
चाईनिज ताईपेईबिरुद्धको खेलमा पहिलो रोजाईमा रहेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन् । जोर्डनविरुद्धको खेलमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा आएका छन् ।
नेपाली पोष्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द विकास खवास र दिनेश राजवंशी रहेका छन् । सुमन अर्याल, पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । आक्रमणमा अन्जन बिष्टलाई सुमन लामा र अभिषेक रिजालले साथ दिनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?