Logo

जोर्डनबिरुद्ध अंक खोस्ने लक्ष्यमा नेपाल

ई-खेलकुद २०७६ असोज २८ , मंगलबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम अवे खेलमा नेपालले आज बलियो टोली जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । जोर्डनको अम्मानस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाली समयानुसार राती पौने १० बजे नेपाल र जोर्डनबिचको प्रतिस्पर्धा सुरु हुनेछ । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
नेपालले खेलेका ३ मध्ये १ मा जित र २ मा हार भोगेको थियो । पहिलो खेलमा चाईनिज ताईपेईलाई २–१ ले पराजित गरेको जोर्डन दोस्रो खेलमा कुवेतसंग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालसंग तेस्रो खेल खेल्न लागेको जोर्डन घरेलु मैदानमा सहज जितको अपेक्षामा रहेको छ ।
फिफा वरियतामा ६३ स्थान माथी रहेको जोर्डनबिरुद्ध उसैको घरेलु मैदानमा नेपाल अंक खोस्ने लक्ष्यमा रहनेछ । यद्यपी शारिरीक रुपमा समेत बलियो टोलीका रुपमा रहेको जोर्डनलाई रोक्न नेपाललाई निक्कै मेहनत आवश्यक छ । पिफफा बरियतामा नेपाल १ सय ६१ र जोर्डन ९८ औ स्थानमा रहेको छ ।
आजै अष्ट्रेलिया र चाईनिज ताईपेईपनि प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?