Logo

जोकोभिच र बुष्टा फ्रेन्च ओपनको क्वार्टरफाईनलमा

ई-खेलकुद २०७७ असोज २० , मंगलबार ०९:१० मा प्रकाशित

एजेन्सी । शीर्ष बरियताका सर्बियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । आठौ वरियताका रसियन कारोन खाछानोभलाई सोझो सेटले हराउदै जोकोभिचले अन्तिम आठको यात्रा तय गरेका हुन् । पहिलो सेटमा ६–४ को जित निकालेका जोकोभिचले त्यसपछिका सेटमा ६–३, ६–३ को सहज जित हात पारेका हुन् । स्पेनका कारेनो बुष्टाले जर्मनीका डानिएल अल्टमाईरलाई सोझो सेटले हराउदै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरे । पहिलो सेटमा ६–२ को सहज जित निकालेका बुष्टाले दोस्रो सेटमा ७–५ को संर्घषपुर्ण जित निकालेका थिए । तेस्रो सेटमा ६–२ को जित निकाल्दै उनले अघिल्लो चरणमा स्थान बनाएका हुन् । अन्य खेलहरुमा जित निकाल्दै ग्रीसका स्टेफानोस सितसिपास र रसियन एण्ड्रे रुभलेभ ले क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै चेक रिपब्लिकन पेट्रा भिटोभा, अमेरिकी सोफिया केनिन र जर्मनीकी लौरा सिगेमुण्डले अन्तिम आठको यात्रा तय गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?