Logo

जोकोभिच र नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा

ई-खेलकुद २०७८ जेठ २७ , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । सर्बियन नोभाक जोकोभिच र स्पेनी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनल खेलमा ईटालीका मेटेयो बेरेटिनीलाई ३–१ को सेटले हराउदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् । पहिलो र दोस्रो सेटमा ६–३ र ६–२ को जित निकालेका जोकोभिचले तेस्रो सेट ६–७ ले गुमाएका थिए । संर्घषपुर्ण चौथो सेटमा ७–५ को जित निकाल्दै जोकोभिचले सेमिफाईनलमा स्थान बनाएका हुन् ।
नाडालले अर्जेन्टिनी डिएगो स्वार्जमेनलाई ३–१ कै सेटले हराउदै जोकोभिचसंगको सेमिफाईनल भेट पक्का गरे । पहिलो सेट ६–३ ले जितेका नाडालले दोस्रो सेट ४–६ ले स्वार्जमेनलाई सुम्पिएका थिए । त्यसपछिका सेटमा ६–४ र ६–० को जित निकाल्दै नाडालले सेमिफाईनलमा स्थान सुरक्षित गरेका हुन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै ग्रीसकी मारिया साकिरी र चेक रिपब्लीककी बारवरा रेजसीकोभाले सेमिफाईनल प्रबेश गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?