Logo

जोकोभिच एटीपी फाईनल्सको अन्तिम चारमा

ई-खेलकुद २०७७ मंसीर ६ , शनिबार ०८:११ मा प्रकाशित

एजेन्सी । शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिच एटिपी फाईनल्सको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनलमा जर्मनीका अलेक्जेण्डर जेभरेभलाई सोझो सेटले हराउदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् । पहिलो सेटमा ६–३ को सहज जित निकालेका जोकोभिचले दोस्रो सेटमा ७–६ को संर्घषपुर्ण जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् ।
जोकोभिचले फाईनल प्रबेशका लागि अष्ट्रियन डोमेनिक थिमसंग प्रतिस्पर्धा गर्नेछन् ।
अर्को खेलमा अर्जेन्टिनाका डिएगो स्वार्जमेनलाई सोझो सेटले हराउदै रसियन डेनिल मेदभेदेवले पनि अन्तिम चारको यात्रा तय गरेका छन् ।

एटिपी फाईनल्स जोकोभिच

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?