Logo

जेसिज विकास रनिङ शिल्ड फुटबलको उपाधि पुलिसलाई

ई-खेलकुद २०७६ कात्तिक ९ , शनिबार ०८:१० मा प्रकाशित

चितवन । जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि विभागीय पुलिसले उचालेको छ । नारायणगढस्थित क्याम्पाचौर मैदानमा आज भएको फाइनलमा आयोजक चितवन–११ लाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । चितवनका कप्तान रुपेश बर्तौला र अस्विन पाख्रिनको प्रहार विफल हुँदा पुलिसका सबै प्रहार सफल भए ।

उपाधिसहित पुलिसले ६ लाख ६ हजार ६ सय ६६ र उपविजेता बनेको चितवनले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिस क्लवका रवि पासवान बने । उनले २५ हजार रुपैयाँ पाए । उत्कृष्ट गोलकिपर पुलिसका शत्रुधन चौधरी र उत्कृष्ट डिफेन्डर चितवनका सुन्दास महतो बने । उनीहरुले जनही १५ हजार रुपैयाँ पाए । सर्वाधिक गोलकर्ता चितवनका रुपेश बर्तौला र पुलिसका सुमन लामा संयुक्त रुपमा बने । उनीहरुले समान ३ गोल गरेका थिए । उनीहरुले संयुक्त रुपमा १५ हजार रुपैयाँ पाए । अनुशासित टोली जावलाखेल युथ क्लव बन्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?