Logo

जिम्बोब्वेविरुद्वको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको शानदार जित

ई-खेलकुद २०७९ वैशाख २४ , शनिबार ०१:०५ मा प्रकाशित

काठमाडौं । जिम्बाब्वे ए विरुद्वको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जित निकालेको छ । आज भएको खेलमा नेपालले ९ विकेटको फराकिलो जित निकालेको हो । योसँगै तीन म्याचको एकदिवसीय सिरिज एक एकको बराबरी भएको छ । जिम्बाब्वेले दिएको ८८ रनको सामान्य चुनौती नेपालले ११ दशमलव २ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा सुनिल धमलाले ३८ र आसिफ शेखले अबिजित ३४ रनको योगदान गरे । धमला र शेखले पहिलो विकेटका लागि १० दशमलव ३ ओभरमा ७९ रनको साझेदारी गरेका थिए । बिनोद भण्डारी ४ रनमा नटआउट रहे । जिम्बाब्वेका ब्रेन्डन बाभुमाले एक विकेट लिए ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बाब्वे ए ३१ दशमलव ५ ओभरमा ८७ रनको झिनो स्कोरमा समेटिएको थियो । नेपाली बलर चम्किएपछि उसका कुनैपनि ब्याट्सम्यानले ठुलो ईनिङस खेल सकेनन् । जोनाथन चाम्पवेलले २७ रन बनाएको ईनिङसमा ब्राड इभान्सले २० र सेफास जुहाओले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका करण केसी र सोमपाल कामीले समान ३ तथा कप्तान सन्दिप लामिछानेले २ विकेट लिए । सागर ढकालको नाममा एक विकेट रह्यो । जिम्बमब्वेका एक ब्याट्सम्यान रनआउट भएका थिए । तीन म्याचको एकदिवसीय सिरिजमा भ्रमणकारी टोली १–० ले अघि छ । हिजो भएको पहिलो खेलमा जिम्बाब्वे ३ विकेटले विजयी भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?