Logo

जिम्बावे र सिंगापुरसंगको टि–२० सिरिज खेल्न सन्दिप सिंगापुर आउदै, नेपाली टोली भोली जाने

ई-खेलकुद २०७६ असोज ७ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । जिम्बावे र सिंगापुरसंगको टि–२० सिरिज खेल्न नेपाली लेगस्पिनर सन्दिप लामिछाने सिंगापुरका लागि उडेका छन् । क्यारेबियन प्रिमियर लिग खेलिरहेका लामिछाने जमैका तालावासबिरुद्धको खेललगत्तै राष्ट्रिय टोलीको खेलका लागि सिंगापुर आउन लागेका हुन् ।

वेष्ट ईण्डिजबाट उनी सिधै सिंगापुर जाने राष्ट्रिय टोलीका टिम म्यानेजर रमन सिवाकाटीले जानकारी दिनुभयो । क्यारेबियन राष्ट्रबाट हिडिसकेपनि उनी सिंगापुर भने भोली राती मात्र आईपुग्ने उहा“ले बताउनुभयो ।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली भोली राती सवा १० बजे सिंगापुर जाने कार्यक्रम छ । नेपालले शुक्रबार टेष्टराष्ट्र जिम्बावेसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ । जिम्बावेसंगको खेल सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा नेपाली समयानुसार साझ सवा ५ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?