Logo

जिम्बावेबिरुद्ध सिगापुरको ऐतिहासिक जित, नेपाल शीर्ष स्थानमा

ई-खेलकुद २०७६ असोज १२ , आईतबार ०९:०९ मा प्रकाशित

एजेन्सी । नेपाल समेत सहभागी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको छ । आज भएको खेलमा बलियो टोलीबिरुद्ध रोमाञ्चक जित निकाल्दै सिंगापुरले सिरिजको पहिलो जित हात पारेको हो ।
सिंगापुरले दिएको १ सय ८२ रनको उच्च चुनौती पछ्याएको जिम्बावेले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । कप्तान सेन विलियम्सले ६६ र रिगीस चाकाभाले ४८ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । टिनोटेन्डा मुटोम्बोट्जीले ३२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले समान २ तथा सेल्लाडोर बिजयकुमार र गोपिनाथ आर्चरले समान एक विकेट लिए ।
सिंगापुरको जितसंगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीनै टोलीको समान २ अंक भएपनि राम्रो रनरेटमा नेपाल शीर्ष स्थानमा उकिलएको हो ।
बर्षाका कारण १८ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको उच्च योगफल तयार पारेको थियो ।
उसका लागि मनप्रित सिंह र टिम डेभिडले सर्बाधिक ४१ रन बनाए । रोहन रंगराजनले ३९ र सुरेन्द्र चन्द्रमोहनले २३ रन बनाए ।
जिम्बावेका रायन ब्रुलले ३, रिचार्ड गाराभाले २ तथा नेभिल्ली माड्जिभाले र सेन विलियम्सनले १ समान १ विकेट हात पारे । नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बावेको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?