Logo

जिम्बावेबिरुद्ध टस जितेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ असोज १० , शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा सुरु त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले अहिले जिम्बावेसंग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेको नेपालले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
दुबै टोली सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । खेलमा नेपाल पारस खड्का र जिम्बावे सेन विलियम्सको कमानीमा मैदान उत्रिएका छन् ।
सिंगापुर समेत सहभागी सिरिजको दोस्रो खेलमा नेपालले पर्सी घरेलु टोली सिंगापुरको सामना गर्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा चल्ने सिरिज पछि नेपाल ओमान भ्रमणमा निस्कने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?