Logo

जिम्बावेद्धारा नेपालसामु १ सय ६१ रनको चुनौती प्रस्तुत, कप्तान विलियम्सको अर्धशतक

ई-खेलकुद २०७६ असोज १४ , मंगलबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा जिम्बावेले नेपालसामु १ सय ६१ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पार्यो ।
कमजोर सुरुवात गरेको जिम्बावेको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । कप्तान सिन विलियम्सले सर्बाधिक ५३ रन बनाएको जिम्बावेका लागि रायन र्बुलले अबिजित २८, पिजे मुरले २१ र सिटि मुटोम्बोड्जीले २० रन बनाए ।
नेपालका सोमपाल कामी र सन्दिप लामिछानेले समान २ तथा अबिनास बोहोरा र पारस खड्काले समान १ विकेट लिए । १ सय ६१ रनको चुनौती सहित नेपालले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।
सुरुवाती २ खेलमा एक जित र एकमा हार भोगेको नेपाल, सिरिजमा दोस्रो जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा रहेको छ ।
सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले भोली आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?