Logo

जावलाखेललाई हराउदै संकटा सेमिफाईनलमा

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०६:१० मा प्रकाशित

चितवन । संकटा क्लब चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा जावलाखेललाई टाईब्रेकरमा ४–२ ले हराउदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । १५ औ मिनेटमा बिश्वास श्रेष्ठले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम समयमा बिमल घिसिङले गोल गर्दै जावलाखेललाई बराबरीमा पुर्याएका थिए ।
निर्धारित समय एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । खेलमा संकटाका गोलरक्षक राजाबाबु थापा म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । प्रतियोगितामा भोलीबाट सेमिफाइनलचरणका खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा भोली घरेलु टोली चितवन ११ र विभागीय त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुनेछ ।
संकटाले फाइनल प्रबेशका लागि पर्सी अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?