Logo

जर्सी नम्बर ७७……..

ई-खेलकुद २०७८ साउन २० , बुधबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट समर्थकको प्यारो जर्सी नम्बर हो ७७ । राष्ट्रिय जर्सीमा अब आम नेपाली क्रिकेट प्रेमीले ७७ नम्बरको जर्सी मिस गर्नेछन् । पुर्बकप्तान पारस खड्काले लगाउने जर्सी औपचारिक रुपमा मैदानमा देखिने छैन् । मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेसंगै क्रिकेट मैदानमा ७७ नम्बरको जर्सीको औपचारिक बिदाई भएको हो  ।
किन लगाउथे पारसले ७७ नम्बरको जर्सी ?
कारण १ :
अलराउण्डर पारस खड्का नेपाली क्यालेण्डर अनुसार कार्तिक ७ गते जन्मिएका हुन् । ७ महिना ७ गतेको मितिलाई उनले आफ्नो जर्सीमा राखेका हुन् । त्यसो त पारस ७ नम्बरलाई आफ्नो ’लक्की नम्बर’ पनि मान्छन् ।
कारण २ :
पारस खड्का राष्ट्रिय क्रिकेट टोलीका सातौ कप्तान हुन् । उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासपछि खड्काले राष्ट्रिय टोलीको सातौ कप्तानका रुपमा जिम्मेबारी सम्हालेका थिए ।
कारण ३ :
पारसले पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा प्रहार गरेका थिए । उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेतविरूद्ध ७७ बलमा नटआउट १०६ रन प्रहार गरेका थिए । पहिलो अन्तराष्ट्रिय शतक ७७ बलमै रहेकाले पारसका लागि त्यो शुभअंकका रुपमा रहेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?