Logo

जमैका तालावासबिरुद्ध सन्दिपको उत्कृष्ट प्रर्दशन

ई-खेलकुद २०७६ असोज ७ , मंगलबार ०७:०९ मा प्रकाशित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्र्तगत जमैका तालावासबिरुद्धको खेलमा बार्बाडोस ट्रिडेन्समा आबद्ध सन्दिप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रिजटाउनमा टस जितेर पहिले फिल्डिङ गरेको बार्बाडोसले जमैकालाई १ सय २७ रनको सामान्य स्कोरमा रोकेको हो ।

खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले उच्च प्रर्दशन गरेका छन् । उनले आफ्नो स्पेलमा ४ दशमलब २५ को औषतमा १७ रन खर्चेर महत्वपुर्ण २ विकेट हात पारे । सन्दिपको स्पेलमा जमैकाका ब्याट्सम्यानले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।
उनले कप्तान चाडविक वाल्टन र ड्वायन स्मिथको विकेट लिएका हुन् । १ सय २८ रनको लक्ष्यसहित बार्बाडोसले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?