Logo

च्यासलबिरुद्ध जावलाखेलको सहज जित, जितसंगै जावलाखेल शीर्ष तीनमा

ई-खेलकुद २०७६ पुस १५ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । जावलाखेल युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउदै जावलाखेलले अपराजित यात्रालाई जारी राखेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा च्यासल अन्तिम ९ मिनेट सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो ।
८१ औं मिनेटमा रुप बहादुरले जावलाखेललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट लगत्तै विजयले अर्को गोल गरेपछि जावलाखेलको जित निश्चित भएको थियो ।
पहिलो हाफमा निक्कै राम्रा अवसर बनाएपनि च्यासलले गोल गर्न भने सकेन् । कप्तान सन्तोस साउखलको किर्तिमानी गोलका लागि समेत महत्वपुर्ण मानिएको खेलमा उनी गोल गर्न भने असमर्थ रहे । खेलमा जावलाखेलका रुप लामा म्यान अफ दि म्याच चुनिए । ४ खेलमा २ जित र २ बराबरीसंगै ८ अंक जोडेको जावलाखेल तालिाकाको तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट च्यासलको ४ अंक छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?