Logo

च्यासलका दुइ खेलाडीमा कोरोना सक्रमण

ई-खेलकुद २०७८ पुस २९ , बिहीबार ०२:०१ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासल युथ क्लबका २ खेलाडीमा कोरोना सक्रमण पुष्टि भएको छ । क्लबले आफ्ना डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीमा कोरोना सक्रमण भएको जनाएको हो । योसँगै उनीहरुले लिगका आगामी खेल गुमाउने भएका छन् । च्यासलका सहायक प्रशिक्षक आशिक थापामगरले उनीहरुको सम्पर्कमा रहेका अन्य खेलाडीको परिक्षण गरिएको तर उनीहरुको रिर्पोट नेगेटिभ आएको बताए ।
जारी लिगमा च्यासलले खेलेका ८ मध्ये एक खेलमा मात्र जित निकालेको छ । ५ अंकमा तालिकाको १३ औं स्थानमा रहेको च्यासल रेलिगेशनबाट बच्न संर्घष गरिरहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?