
काठमाण्डौ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा हुने च्यालेन्जर ट्रफि क्रिकेटको उद्घाटन खेलमा ईण्डिया ब्लु र ईण्डिया रेडबिच प्रतिस्पर्धा हुने भएको छ । नोभेम्बर ११ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल मुम्बईस्थित शरद पावर क्रिकेट एकेडेमीमा हुनेछ ।
नेपाली अण्डर १९ टोलीले पनि खेल्ने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले नोभेम्बर ११ मै ईण्डिया एल्लोको सामना गर्नेछ । यो खेल विजयवाडामा हुनेछ ।
नोभेमबर १३ मा नेपालले ईण्डिया रेड र १५ मा ईण्डिया ब्लुसंग नेपालले प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पुछारका २ टोली तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।
प्रतियोगिताका सबै खेललाई लिष्ट ए को मान्यता दिईएको छ । बीसीसीआईले भारतीय टोलीमा उमेर समुहको क्याम्पमा रहेका खेलाडीहरुलाई बिभाजन गरि प्रतियोगितामा सहभागी गराउनेछ ।
