Logo

च्यालेन्जर्स ट्रफि क्रिकेटमा नेपाली युवा टोलीको लगातार तेस्रो हार, ईण्डिया बी २ विकेटले विजयी

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीतामा नेपाली युवा टोलीले लगातार तेस्रो हार ब्योहोरेको छ । समुहचरणको अन्तिम खेलमा नेपाल, ईण्डिया बीसंग २ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ११ रनको लक्ष्य ईण्डिया बीले २१ वल अगावै ८ विकेट गुमाएर भेट्टायो । एक समय कमजोर अवस्थामा पुगेको ईण्डियाको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए ।

उसको जितमा दिब्यांस जोशीले ५४, कृष्ण सेठ्ठीले ३९, हर्ष राजेश जैशवालले २९ र सागर सुरेन्द्र कुमारले २८ रनको योगदान गरे । नेपालका आकाश चन्दले ४, सागर ढकालले २ तथा कुशल मल्ल र शेर मल्लले समान एक विकेट हात पारे ।

यसअघि बिजयवडामा टस जितेको घरेलु टोलीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाली युवा टोली १ वल अगावै २ सय १० रनमा समेटिएको थियो । कप्तान रित गौतमले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८४ रन बनाएपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल बन्यो । शेर मल्लले ३३, हरी बहादुर चौहानले २० तथा आकास चन्दले १८ रन बनाए । कुशल मल्लको खातामा १२ रन रह्यो ।

नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । ईण्डियाका दिब्यास जोशीले ३, अर्थव बिनोदले २ तथा आकिब अब्दुल्लाह खान, विवेक नरेश, निर्मल कुमार र आर वसोनीले समान एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?