Logo

च्याम्पियन ट्रफि सहित महिला भलिबल टोली स्वदेश फर्कियो

ई-खेलकुद २०७८ पुस १५ , बिहीबार ०१:१२ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता टोली आज बिहान काठमाडौं फर्किएको हो । त्यस्तै प्रतियोगितामा सहभागि नेपाली पुरुष टोली पनि स्वदेश फर्किएको छ । पुरुष टोली भने प्रतियोगितामा चौथो भएको थियो ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसहित भलिबल संघका पदाधिकारीले स्वागत गका पथए । लगातार दोस्रो पटक उपाधि उचाल्ने क्रममा महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटले पराजित गरेको थियो । विजेता टोलीलाई सरकारले जनही ५ लाख रुपैया दिने घोषणा गरिसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?