Logo

च्याम्पियन्स लिग : लिभरपुल र रियल मड्रिड तथा म्यान सिटी र डर्टमण्ड भिड्दै

ई-खेलकुद २०७८ वैशाख १ , बुधबार ०४:०४ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज राती अन्तिम २ खेल हुदैछन् । आज इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ ।
त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । दुवै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछन । घरेलु मैदानमा हुने खेलमा लिभरपुल पूनरागमन जितसहित अन्तिम चारमा स्थान बनाउने प्रयासमा हुनेछ । पहिलो लेगमा रियल ३–१ ले विजयी भएकाले घरेलु मैदानमा हुने खेल लिभरपुलका लागि निक्कै महत्वपुर्ण रहेको छ ।
घरेलु मैदानमा सहज जित निकाल्दै सेमिफाईनल प्रबेशको संभावना बलियो बनाएको रियल पनि दोस्रो लेगमा त्यस्तै नतिजाको खोजीमा छ ।
सिटी र डर्टमण्डबिचको खेल भने डर्टमण्डको मैदानमा हुनेछ । पहिलो लेगमा २–१ को जित निकालेको सिटीलाई बराबरीको नतिजा नै अघिल्लो चरण प्रबेशका लागि पर्याप्त हुनेछ । डर्टमण्डलाई भने अन्तिम चारमा स्थान बनाउन सिटीबिरुद्ध कम्तीमा २–० को जित आवश्यक छ ।

च्याम्पियन्स लिग रियल मड्रिड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?