Logo

च्याम्पियन्स लिग : म्यान सिटी र रियल मड्रिड प्रतिस्पर्धामा उत्रदै

ई-खेलकुद २०७९ वैशाख १३ , मंगलबार ०३:०४ मा प्रकाशित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणका खेल आज सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो लेगमा आज प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड प्रतिस्पर्धामा उत्रनेछन् । सिटीको घरेलु मैदान ईत्तिहाद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । खेलाडीको चोटका कारण समस्यामा रहेको सिटी घरेलु मैदानमा जित निकाल्दै फाइनल प्रबेशको संभावना बलियो बनाउने योजनामा रहेको छ ।
रियल भने सिटीको कमजोरीको फाइदा उठाउँदै अवे खेलमा जित हात पार्दै बलियो बन्ने प्रयासमा हुनेछ । सिटीका मुख्य डिफेन्डर रुबेन डियाससँगै काइल वाल्कर र जोआओ क्यान्सेलो ले आजको खेल गुमाउने संभावना छ । त्यस्तै डेविड अलाबा कासीमिरो र फर्लान्ड मेन्डीको पनि मैदान उत्रने संभावना न्युन रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?