Logo

च्याम्पियन्स लिग फुटबलमा लिभरपुल र भ्यालेन्सीयाको जित, बार्सा बराबरीमा रोकियो

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०७:११ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा लिभरपुल र भ्यालेन्सीया विजयी भएका छन् । बार्सिलोना र चेल्सी भने बराबरीमा रोकिएका छन् । ग्रुप ईको खेलमा लिभरपुलले जेन्कमाथी २–१ को जित निकाल्यो । जर्जिन्हो विज्नाल्डम र एलेक्स ओक्सलाडेले एक एक गोल गरे । घरेलु मैदानमा पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा १ गोल गर्दै जित हात पारेको हो । यो जितसंगै लिभरपुल समुहको शीर्ष स्थानमा उकिलएको छ । ४ खेलबाट ९ अंक जोडेको लिभरपुलले नापोलीलाई १ अंकले पछि पारेको हो । गएराती नै नापोली र रेडबुल साल्जबर्गले एक एकको बराबरी खेल्दै अंक बाडेका छन् ।
गएराती नै बार्सिलोना र स्लाभिया प्रागले गोलरहित बराबरी खेल्दै अंक बा“डेका छन् । बराबरीका बावजुत बार्सा ८ अंकमा समुह एफको शीर्ष स्थानमा कायम छ । सोहि समुहको खेलमा बोरुसिया डर्टमण्डले ईन्टर मिलानलाई ३–२ ले हरायो । यो जितले डर्टमण्डलाई तालिकाको दोस्रो स्थानमा पुर्याएको छ । ४ खेलबाट उसको ७ अंक भएको छ ।
नाटकिय खेलमा ५५ औ मिनेटसम्म ४–१ ले पछि परेको अवस्था उल्टाउदै चेल्सीले आयाक्ससंग ४–४ को बराबरीको नतिजा हात पार्यो । ९ खेलाडीमा सिमित आयाक्सबिरुद्ध दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले अंक खोसेको हो । बराबरीसंगै आयाक्स समुह एचको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ७ अंक जोडेको आयाक्सले समान अंक भएको चेल्सीलाई गोलअन्तरमा पछि परेको हो । सोहि समुहको खेलमा भ्यालेन्सीयाले लिलीलाई ४–१ ले स्तब्ध पर्यो ।
गएरातीकै अन्य खेलमा आरबी लिप्जिङले जेनिट सेन्ट पिटर्सवर्गलाई २–० ले हराउदा लियोनले वेन्फिकालाई ३–१ ले स्तब्ध पार्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?