Logo

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, चेल्सी र लिभरपुलको जित

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०६:१० मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा बार्सिलोना, चेल्सी, लिभरपुल र नापोली विजयी भएका छन् । गएराती भएको खेलमा लियोनल मेसीको किर्तिमानी गोलसंगै बार्सिलोनाले स्लाभिया प्रागलाई २–१ ले स्तब्ध पार्यो । ला लिगाको १५ औ सिजनसम्म लगातार गोल गर्ने किर्तिमान बनाउन मेसीले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । अर्को गोल उसले उपहार स्वरुप प्राप्त गरेको थियो ।
यो जितसंगै बार्सा समुह एफको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट ७ अंक जोडेको बार्साले दोस्रो स्थानको ईन्टर मिलानलाई ३ अंकले पछि पारेको हो । गएराती नै ईन्टर मिलानले बोरुसिया डर्टमण्डलाई २–० ले स्तब्ध पार्यो ।
समुह ईको खेलमा लिभरपुलले जेन्कबिरुद्ध ४–१ को जित निकाल्यो । ओक्सालाडे चेम्बरलिनले २ तथा सादियो माने र महम्मद सालेहले एक एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । यो जितले उसलाई समुहको दोस्रो स्थानमा पुर्याएको छ । सोहि समुहको खेलमा नापोलीले रेडबुल साल्जवर्गलाई ३–२ ले हरायो । ३ खेलबाट ७ अंक जोडेको नापोलीले लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थान कब्जा गरेको छ ।
समुह जीको खेलमा आरबी लिप्जिङले जेनिट सेन्ट पिटर्सवर्गलाई तथा वेन्फिकाले लियोनलाई समान २–१ ले पराजित गरे ।
समुह एचको खेलमा चेल्सीले आयाक्सलाई १–० ले हराउदा भ्यालेन्सीया र लिलिले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?