Logo

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको पहिलो जित

ई-खेलकुद २०७६ कात्तिक ६ , बुधबार ०७:१० मा प्रकाशित

एजेन्सी । स्पेनी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित हात पारेको छ । गएराती भएको खेलमा गालातासारेलाई १–० ले हराउदै रियलले च्याम्पियन्स लिगमा पहिलो जित निकालेको हो । खेलको १८ औ मिनेटमा टोनी क्रुजले गरेको गोल रियलको जितमा पर्याप्त बनेको थियो । ३ खेलबाट रियल ४ अंकमा ग्रुप एको दोस्रो स्थानमा उक्लिएको छ । सोहि समुहको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले क्लब ब्रुजलाई ५–० को फराकिलो अन्तरले हरायो । उसलाई लगातार तेस्रो जित दिलाउने क्रममा केलियन एम्बाप्पेले ह्याट्रिक गरे । माउरो ईकार्डीले २ गोल गरे । सातौ मिनेटमा ईकार्डीको गोलबाट अग्रता बनाएको पीएसजीका लागि ६१ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । ६३ औ मिनेटमा ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए । एम्बाप्पेले ७९ र ८३ औ मिनेटमा गोल गरेपछि पीएसजी शानदार जित निकाल्न सफल बन्यो ।
ग्रुप बीको खेलमा टटनह्यामले रेडस्टार बेल्ग्रेडलाई ५–० ले हरायो । कप्तान हेरी केन र सन ह्युन मीनले समान २ तथा ईरिक लामेलाले १ गोल गरेपछि टटनह्याम फराकिलो जित निकाल्न सफल बन्यो । च्याम्पियन्स लिगमा पहिलो जित निकाल्दै ईङलिस क्लब समुहको दोस्रो स्थानमा उक्लिएको छ । सोहि समुहको खेलमा बार्यन म्युनिखले ओलम्पियाकोशबिरुद्ध ३–२ को संर्घषपुर्ण जित निकाल्यो । लगातार तेस्रो जितसंगै उसले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।
ग्रुप सीको खेलमा म्यानचेष्टर सिटिले एटलान्टामाथी ५–१ को सहज जित हात पार्यो । शत प्रतिशत नतिजा निकाल्ने क्रममा उसका लागि राहिम स्र्टलिङले ह्याट्रिक गरे । सर्जियो अगुईराले २ गोल थपे । ग्रुप सीकै खेलमा शाख्तर डोनेत्स र डाईनामो जाग्रेभले २–२ को बराबरी खेल्दै अंक बा“डेका छन् ।
ग्रुप डीको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ ले हराउदा वायर लिभर कुशानबिरुद्ध एट्लेटिको मड्रिड १–० ले विजयी भयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?