Logo

च्याम्पियन्स लिग फुटबलमा रियल र पीएसजी एकै समुहमा

ई-खेलकुद २०७६ भदौ १३ , शुक्रबार ०७:०८ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी एकै समुहमा परेका छन् । गएराती सार्बजनिक गरिएको ड्र मा रियल र पीएसजी समुह एमा परेका हुन् । सो समुहमा क्लब ब्रुज र गालातासारे पनि रहेका छन् । त्यस्तै समुह बीबाट बार्यन म्युनिख, टटनह्याम, ओलम्पियाकोस र रेड स्टार बेल्ग्रेडले प्रतिस्पर्धा गर्नेछन् । म्यानचेष्टर युनाईटेड, साख्तार डोनेस्क, डाईनामो जाग्रेभ र एटलान्टा समुह सी मा रहेका रहेका छन् ।
युभेन्टस, एथ्लेटिको मड्रिड, बायर लिभरकुसान र लोकोमोटिभ मस्को समुह डीमा परेका छन् । लिभरपुलले भने समुह ईबाट प्रतिस्पर्धा गर्ने भएको छ । उसको समुहमा नापोली, साल्जबर्ग र जेन्क रहेका छन् ।
ला लिगा च्याम्पियन बार्सिलोनाले बोरुसिया डर्टमण्ड, ईन्टर मिलान र स्लाभिया प्रागसंग समुह एफबाट प्रतिस्पर्धा गर्नेछ । वेन्फिका, जेनिट सेन्ट पिटर्सबर्ग, लियोन र आरबी लेप्जिङ समुह जीमा परेका छन् । समुह एचमा भने आयाक्स, चेल्सी, भ्यालेन्सीया र लिल्ली परेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?