Logo

च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा के के भए ?

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०८:११ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको पछिल्ला खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी, वार्यन म्युनिख र टटनह्याम विजयी भएका छन् । म्यानचेष्टर सिटि भने एटलान्टासंग एक एकको बराबरीमा रोकिएको छ ।
ग्रुप एको खेलमा रियल मड्रिडले गालातासारेलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । उसको जितमा सिल्भा डि गोएजले ह्याट्रिक गरे । करिम बेन्जीमाले २ तथा सर्जियो रामोसले एक गोल गरे । पहिलो हाफमा ४–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा २ गोल गर्दै फराकिलो जित हात पारेको हो । ४ खेलबाट रियल ७ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ । सोहि समुहको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले क्लब ब्रुजलाई १–० ले स्तब्ध पार्यो । खेलको २१ औ मिनेटमा माउरो ईकार्डीले गरेको गोल पीएसजीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । यो जितसंगै उ शत प्रतिशत नतिजासंगै समुहको शीर्ष स्थानमा जमेर बसेको छ ।
ग्रुप बी अन्तर्गतको खेलमा वार्यन म्युनिखले ओलम्पियाकोसलाई २–० ले हराउदा रेड स्टार बेल्ग्रेडबिरुद्ध टटनह्याम ४–० ले विजयी भयो ।
समुह सीका दुबै खेल बराबरीमा सकिएका छन् । खेलको सातौ मिनेटमा राहिम स्र्टलिङको गोलबाट अग्रता बनाएको म्यानचेष्टर सिटिले दोस्रो हाफमा लय गुमाउदा एटलान्टासंग अंक बाडेको हो । सोहि समुहको खेलमा डाईनामो जाग्रेभ र साख्तार डोनेत्कले ३–३ को नतिजा हात पारे ।
युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ ले हराउदै समुह डीको शीर्ष स्थान कायम राखेको छ । आरोन राम्सी र डुग्लास कोष्टाले गोल गर्दै युभेन्टसलाई जित दिलाए । समुह डी कै खेलमा वायर लिभरकुसानले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?