Logo

च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल र रियल मड्रिड भिड्दै

ई-खेलकुद २०७९ जेठ १४ , शनिबार ०७:०५ मा प्रकाशित

एजेन्सी । युरोपको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल आज हुँदैछ । यो सिजनको फाइनलमा इङलिश क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड प्रतिस्पर्धा गर्नेछ । स्पेनिस लिगमा सर्बाधिक सफल टोली रियल १४ औं पटक च्याम्पियन्स लिगको उपाधि हात पार्ने योजनामा रहँदै लिभरपुल सातौ उपाधिको खोजीमा रहेको छ । फ्रान्सको पेरिसमा हुने उपाधि भिडन्त नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ ।
पछिल्लो पटक सन् २०१८ को सिजनमा पनि यी दुई टोली फाइनलमा भिडेका थिए । जसमा रियल ३–१ ले विजयी भएको थियो । आज पयिन स्पेनिस क्लब आफ्नो सोही लय कायम राख्ने योजनामा रहँदा लिभरपुल भने त्यसको बदला लिने योजनमा रहेको छ । उत्कृष्ट लयमा रहेको लिभरपुलले प्रिमियर लिगको उपाधि हात पार्न नसकेपनि यसै सिजन अन्य २ उपाधि भने जितिसकेको छ । आज रियललाई हराउन सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?