Logo

चौथो जितसंगै आयरल्याण्ड टी–२० विश्वकपको छनोट नजिक

ई-खेलकुद २०७६ कात्तिक ९ , शनिबार ०२:१० मा प्रकाशित

एजेन्सी । आयरल्याण्ड टी–२० विश्वकपको छनोट नजिक पुगेको छ । युएईमा जारी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत समुहचरणको आफ्नो अन्तिम खेलमा नाईजेरियालाई ८ विकेटले हराउदै आयरल्याण्ड समुह बीको शीर्ष स्थानमा रहेको छ । ६ खेलबाट आयरल्याण्डको ८ अंक भएको छ । एक खेल कम खेलेको ओमानको पनि ८ अंक छ । अन्तिम खेलमा ओमानले जित हात पारे समुह विजेताको रुपमा विश्वकपका लागि छनोट हुनेछ । हारले युएईको खेलपछि मात्र समुह विजेताको यकिन हुनेछ ।
नाईजेरियाले दिएको ६७ रनले लक्ष्य आयरल्याण्डले ६ दशमलव १ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा केभीन ओब्रायनले ३७ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नाईजेरियाले ९ विकेट गुमाएर ६६ रनको झिनो योगफल तयार पारेको थियो । सेसन एडिडीजीले १९ र ईसाक अक्पेले १४ रन बनाएको ईनिङसमा अन्यले दोहोरो स्कोर छुन सकेनन् । आयरल्याण्डका क्रिग योङले ४ विकेट लिए ।
ग्लोबल क्वालिफायरमा आज बर्मुडा र नेदरल्याण्ड्स तथा नामिबिया र सिंगापुरबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?