
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी र लेष्टर सिटिले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा चेल्सी अंक बाड्न बाध्य भयो । सातौ मिनेटमा मासोन माउन्टको गोलबाट अग्रता बनाए पनि चेल्सीले त्यसलाई कायम राख्न सकेन् । दोस्रो हाफमा वेलफ्रेड एनडीडीले गोल गर्दै लेष्टरलाई बराबरीमा पुर्याएका थिए । समान पोजिशनको खेलमा दुबै टोलीले केहि राम्रा अवसर पाएपनि त्यसको उपयोगमा चुक्दा सोहि नतिजा निर्णायक बन्यो ।
पहिलो खेलमा हार भोगेको चेल्सी दोस्रो खेलमा बराबरीमा रोकिएको हो । लेष्टरको भने यो लगातार दोस्रो बराबरी हो ।
गएराती नै सीफिल्ड युनाईटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराउदै महत्वपुर्ण अंक जोडेको छ । पहिलो खेलमा बराबरीको नतिजा निकालेको सिफिल्डको जारी सिजन लिगमा पहिलो जित हो ।
प्रिमियर लिग फुटबलमा आज म्यानचेष्टर युनाईटेड र वोल्भरहेम्प्टनबिच प्रतिस्र्धा हुनेछ ।
