
एजेन्सी । चेल्सी र भ्यालेन्सीया च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रबेश गरेका छन् । लिलीलाई २–१ ले हराउदै चेल्सीले अन्तिम १६ को टिकट काटेको हो । टामी अब्राहम र सिजर एजपिलिक्वेटाले एक एक गोल गर्दै चेल्सीको जित निश्चित पारे । लिलीका लोईक रेमीले एक गोल फर्काए । ६ खेल ११ अंकसंगै चेल्सीले समुह एचको दोस्रो स्थानमा रहदै नकआउट चरणमा स्थान बनाएको हो । आयाक्सलाई १–० ले हराएको भ्यालेन्सीया समुह विजेता बन्यो । भ्यालेन्सीयाको जितमा रोड्रिगोले २४ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अघिल्लो सिजनको सेमिफाइनलमा पुगेको आयाक्स भने समुहचरणमै रोकिएको छ ।
अन्य खेलहरुमा बार्सिलोनाले ईन्टर मिलानलाई २–१ ले हरायो । स्लाभिया प्रागलाई २–१ ले हराएको बोरुसिया डर्टमण्ड १० अंकमा समुह एफको दोस्रो स्थानमा रहदै अन्तिम १६ मा प्रबेश गर्यो । ईन्टर भने समुहचरणमै रोकिएको छ । बार्साको जितमा कार्लोस पिरेज र अंशु फातीले एक एक गोल गरे । रोमेलु लुकाकुले ईन्टर मिलानका लागि गोल गरेपनि जितका लागि पर्याप्त भएन् ।
यसअघि नै नकआउटचरणमा प्रबेश गरिसकेको लिभरपुलले आरबी साल्जवर्गलाई २–० ले हराउदा नापोलीले जेन्कबिरुद्ध ४–० को फराकिलो जित निकाल्यो । गएरातीनै बेन्फिकाले जेनिट सेन्ट पिटर्सबर्गलाई ३–० ले हराउदा लियोन र आरबी लिप्जिङले २–२ को बराबरी खेल्दै अंक बा“डेका छन् ।
