Logo

चेल्सी प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो

ई-खेलकुद २०७६ कात्तिक २३ , शनिबार ०९:११ मा प्रकाशित

एजेन्सी । चेल्सी इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उकिलएको छ । १२ औ चरणको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले हराउदै चेल्सीले तालिकामा सुधार गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चेल्सीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको हो । खेलको ५२ औ मिनेटमा टामी अब्राहामको गोलबाट अग्रता बनाएको चेल्सीका लागि ७९ औ मिनेटमा क्रिष्टियन पुलिसिचले अर्को गोल गरेका थिए ।
खेलमा बल पोजिशनमाथी पकड जमाएको चेल्सीले दोस्रो हाफमा क्रिष्टल प्यालेसलाई निक्कै दबाबमा राखेको थियो । यद्यपी उसका थप प्रयास भने सफल बन्न सकेनन् ।
१२ खेलबाट चेल्सीको २६ अंक भएको छ । समान खेलबाट १५ अंक जोडेको क्रिष्टल नवौ स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?