Logo

चेल्सीको जित, लिभरपुल बराबरीमा रोकियो

ई-खेलकुद २०७८ वैशाख १२ , आईतबार ०६:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी र सेफिल्ड युनाईटेड विजयी भएका छन् । लिभरपुल भने न्यु क्यासल युनाईटेडसंग एक एक गोलको बराबरीम रोकिएको छ । वेष्टह्याम युनाईटेडलाई १–० ले हराउदै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसंगको दुरी १ अंकमा झारेको हो । उसलाई महत्वपुर्ण जित दिलाउन खेलको ४३ औ मिनेटमा टिमो वेर्नरले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा बल पोजिशनमा पकड बनाएको चेल्सीका थप आधा दर्जन अवसर खेर गएका थिए । ८१ औ मिनेटमा फाबियन बालबुना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय वेष्टह्याम १० खेलाडीमा सिमित बन्यो ।
३३ खेलबाट चेल्सीको ५८ अंक भएको छ । उ तालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेको लेष्टर सिटी ५९ अंकमा तालिकाको तेस्रँे स्थानमा छ । गएराती नै सेफिल्ड युनाईटेडले ब्राईटन एण्ड होभ एल्बियनलाई १–० ले हराउदा लिभरपुलले न्यु क्यासल युनाईटेडसंग निराशाजनक एक एक गोलको बराबरी खेलेको छ ।

चेल्सी प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?