Logo

चीन भ्रमणमा जाने नेपाली अण्डर १९ महिला क्रिकेट टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । चीनको सांघाईमा आगामी सोमबार सुुरु हुने ६ राष्ट्र सहभागी अण्डर १९ बी एण्ड आर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । डोली भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको आज घोषणा भएको हो । टोली पर्सि सांघाई उड्नेछ ।
कविता कुँवर उपकप्तान रहेको टोलीमा कृतिका मरासिनी, यसोधा बिष्ट, सृष्टि जैसी, राजमती ऐरी, ईश्वरी बिष्ट र लक्ष्मी साउद सदस्य छन् । यस्तै कौशी डंगोल, गोमा आले, ज्योती दनुवार, एन्गिमा तामाङ, शिला रेग्मी क्षेत्री र लखिता राजवंशीले पनि अन्तिम टोलीमा स्थान बनाएका छन् ।
आफ्नो पहिलो खेलमा सोमबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपालले चीन यात्रा सुरु गर्नेछ । दोस्रो दिन मंगलबार नेपालले बिहान साउदी अरेबिया र दिउँसो आयोजक चीनसँग प्रतिस्पर्धा गर्नेछ । कार्तिक २८ गते मलेसिया र कार्तिक २९ गते नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । प्रतियोगिता ट्वान्टी–२० फर्मेटको हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?