Logo

चितवन शत प्रतिशत नतिजासंगै पीपीएलको फाईनलमा, काठमाण्डौको भाग्य विराटनगरले निर्धारण गर्ने

ई-खेलकुद २०७६ पुस ८ , मंगलबार ०२:१२ मा प्रकाशित

पोखरा । समुहचरणका सबै खेलमा जित निकाल्दै चितवन राईनोज पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको फाईनल पुगेको छ । समुहचरणको आफ्नो अन्तिम खेलमा काठमाण्डौ गोल्डेन्सलाई ६० रनले हराउदै चितवनले उपाधि यात्रा तय गरेको हो । यो हारले काठमाण्डौको प्ले अफ प्रबेशको संभावना न्युन बनेको छ । भोली हुने बिराटनगर र बुटवलबिचको खेलले प्ले अफ पुग्ने टोलीको टुंगो लगाउनेछ ।
पोखरा रंगशालामा १ सय ६८ रनको उच्च चुनौती पछ्याएको काठमाण्डौले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्ले ४० तथा पवन सर्राफले २७ रन बनाएपनि टोलीलाई लक्ष्य सम्म पुर्याउन सकेनन् । पृथु बास्कोटाले १८ रन बनाए । काठमाण्डौका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
उसलाई सामान्य स्कोरमा रोक्न चितवनका सन्नी पटेलले ३, रोहन मुस्तफाले २ तथा करण केसी, पारस खड्का, भुवन कार्की र रामनरेश गीरीले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रनको उच्च योगफल तयार पारेको थियो । बाबर हायात र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १ सय १९ रनको किर्तिमानी साझेदारी गरेपछि चितवनले सम्मानजनक योगफल तयार पारेको हो । हायात ७० रनमा आउट हुदा मुस्तफाले अबिजित ५९ रनको योगदान गरे । आरिफ शेखले १५ रन जोडेको चितवनको ईनिङसमा सन्नी पटेलले १५ रन बनाए । ओपनरका रुपमा आएका करण केसी १ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।
काठमाण्डौका अमरसिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले चितवनको एक एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?