Logo

चितवन फाइनलमा, हारका बावजुत विराटनगर पनि प्लेअफमा

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । चितवन राईनोज वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले हराउदै चितवनले फाइनलमा स्थान सुरक्षित गरेको हो । समुहचरणमा खेलेका सबै खेलमा जित हात पारेको चितवन ८ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा १ सय २३ रनको चुनौती पछ्याएको बिराटनगर १७ दशमलव ५ ओभरमा ६९ रनमा समेटियो ।
ज्योती पाण्डे र डोली भट्टले समान २१ रन बनाएको विराटनगरको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । चितवनकी कविता गौतमले ३ तथा सुमन खतिवडाले २ विकेट लिए । रेखा रावल, सन्तोषी चौधरी र रितु कनोजियाको नाममा समान एक विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ८ विकेट गुमाएर १ सय २२ रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा काजोल श्रेष्ठले ३६, कञ्चन श्रेष्ठले ३४ तथा कप्तान ईन्दु बर्माले नटआउट १७ रनको योगदान गरिन् । विराटनगरकी सबनम राईले २ तथा सोनु खड्का, शर्मीला मगर र आरती बिडारीले समान एक विकेट लिए ।
विराटनगरले फाइनल प्रबेशका लागि क्याट क्विन्स काठमाण्डौको सामना गर्नेछ । विजेताको भेट चितवन राईनोजसंग हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?