Logo

चितवनको विजयी सुरुवात, काठमाण्डौ ५ विकेटले पराजित

ई-खेलकुद २०७६ असोज २९ , बुधबार ०३:१० मा प्रकाशित

काठमाण्डौ । चितवन राईनोजले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा क्वाट क्विन्स काठमाण्डौलाई ५ विकेटले हराउदै चितवनले लिगमा विजयी सुरुवात गरेको हो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले ९ वल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।
सुमन खतिवडाले सर्वाधिक २९ र प्यारी चौधरीले अविजित २४ रन बनाउदै टोलीलाई जितसम्म पुर्याईन् । ऋतु कनोजिया १४ र काजोल श्रेष्ठले ११ रनको योगदान गरे । काठमाडौंकी ईश्वरी बिस्टले २ तथा संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले सामान एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले सवै विकेट गुमाएर ९२ रनको सामान्य योगफल तयार पारेको थियो । रश्मी चौलागाईले ३४ र सरस्वती कुमारीले १५ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । चितवनका सन्तोषी चौधरीले ३ विकेट लिईन् । यस्तै रेखा रावल र कविता गौतमले समान २ विकेट हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?