Logo

चार नेपाली क्रिकेटर आईसीसीको वरियतामा, पारस र करण उक्लदै–सन्दिप झर्दै

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । नेपालका ४ क्रिकेटर अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि–२० बरियतामा अटाएका छन् । आईसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा नेपालबाट पारस खड्का, करण केसी, सोमपाल कामी र सन्दिप लामिछाने परेका हुन् । बसन्त रेग्मी भने वरियताबाट बाहिरिएका छन् ।
वरियतामा माथि चढ्ने क्रममा पुर्वकप्तान पारस अलराउण्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । अघिल्लो बरियतामा ३३ औ स्थानमा रहेका पारसले पछिल्लो वरियतामा निक्कै सुधार गरेका हुन् । उनी ब्याटिङतर्फ ६० औ स्थानमा छन् ।
सोहि वरियतामा करणको वरियतामा १० स्थान सुधार भएको छ । करण ७४ औ स्थानमा आईपुगेका छन् । अलराउण्डरतर्फ सोमपाल कामी भने ७ स्थान चिप्लिदै ६७ औ स्थानमा पुगेका छन् ।
बलिङतर्फ नेपालका एक मात्र खेलाडी सन्दिप अटाएका छन् । यद्यपी उनको वरियता ६ स्थान झरेको छ । उनी ८४ औ स्थानमा छन् । यसपटकको वरियतामा पनि कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरीले स्थान बनाउन सकेनन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?