
काठमाण्डौ । अनुशासनको कारबाहिमा अखिल नेपाल फुटबल संघ एन्फाको कारबाहिमा परेका ४ फुटबलरको प्रतिबन्ध घटेको छ । एन्फाको अनुशासन कमिटिले बिमल घर्तीमगर, दिनेश राजबंशी, अन्जन बिष्ट र सन्तोष तामाङलाई लगाएको प्रतिबन्ध २७ दिन घटाएको हो । यसअघि बिमल र दिनेशलाई ९० तथा अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध तथा ५० हजार रुपैया जरिवाना गरेको थियो ।
उनीहरुको प्रतिबन्धमा २७ दिन घटेपनि जरिवानाको कारबाहि भने यथावत रहने एन्फाले जनाएको छ । एन्फाले अनुशासन कमिटिले कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।
राजधानीको ठमेलका बारमा मादक पदार्थ सेवन गरी अनुशासनको न्युनतम मापदण्ड बाहिर गएको भन्दै एन्फाले उनीहरुलाई कारबाहि गरेको थियो । जसका कारण चारै खेलाडीले घरेलु मैदानमा भएको साग फुटबल गुमाएका थिए ।
