Logo

चारदेशीय प्रतियोगीता खेल्न भारतको प्रस्ताव

ई-खेलकुद २०७८ मंसीर २ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । भारतले घरेलु मैदानमा हुने फोर नेसन्स कप फुटबल खेल्न नेपाली महिला टोलीलाई प्रस्ताव गरेको छ । आसन्न एसियाकपको तयारीमा रहेका भारतले डिसेम्बर दोस्रो साता चारदेशीय प्रतियोगिता गर्न लागेको छ । नेपालसहित एसियाबाहिरका टोलीलाई समेत सहभागी गराएर प्रतियोगिता गराउने गरी भारतले नेपाललाई प्रस्ताव गरेको हो । अखिल नेपाल फुबटल संघ एन्फाले भने भारतको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जनाउदै चाँडै त्यसबारे निर्णाय लिने बताएको छ ।
प्रतियोगीता डिसेम्बर ९ देखि २१ गतेसम्म आयोजना हुनेछ। भारत, नेपाल र थाइल्यान्डसहित एसियाबाहिरको अर्को मुलुकलाई प्रतियोगीतामा सहभागी गराउने भारतको योजना रहेको छ । नेपाली महिला टोलीको तत्काल कुनै अन्तर्राष्ट्रिय प्रतियोगीता छैन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?