
एजेन्सी । बंगलादेशबिरुद्धको टी–२० सिरिज घरेलु टोली ईण्डियाले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा गएराती भ्रमणकारी टोलीलाई ३० रनले हराउदै ईण्डियाले ३ म्याचको सिरिज २–१ ले अफ्नो पक्षमा पारेको हो । दिपक चहारले ह्याट्रिक सहित किर्तिमानी ६ विकेट चट्काएपछि १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४ बल अगावै १ सय ४४ रनमा समेटियो । महम्मद नाईमले ८१ र महम्मद मिथुनले २७ रन बनाएको बंगलादेशको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । ईण्डियाका शिभम दुबेले ३ तथा युजबेन्द्र चहालले १ विकेट लिए ।
यसअघि लखनउमा पहिले ब्याटिङ गरेको ईण्डियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागी श्रेयस ऐरले ६२, लोकेश राहुलले ५२, मनिष कुमार पाण्डेले २२ र शिखर धवनले १९ रनको योगदान दिए ।
बंगलादेशका सौम्य सरकार र सैफुल ईस्लामले समान २ तथा अल अमिन हुसैनले १ विकेट लिए । ईण्डिया भ्रमणका क्रममा यी २ राष्ट्रबिच २ म्याचको टेष्ट सिरिज पनि हुनेछ ।
