Logo

चन्द्रागीरी गोल्डकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुदै

ई-खेलकुद २०७६ मंसीर ५ , बिहीबार १०:११ मा प्रकाशित

काठमाण्डौ । चन्द्रागीरी गोल्डकप फुटबलमा आजबाट क्वार्टरफाइनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो क्वार्टरफाइनलमा ब्रिगेड ब्वाईज र विभागीय त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ । पुरानो नैकापस्थित खेल मैदानमा दिउ“सो ३ बजेपछि यी २ टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । ब्रिगेडले आयोजक दिपशिखा युवा क्लबलाई हराउदै क्वार्टरफाइनलमा प्रबेश गरेको हो । वाई पाएको आर्मीले भने क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो ।
३ विभागीय सहित १२ टोली सहभागी गोल्डकप दिपशीखा युवा क्लबको आयोजनामा भएको हो । प्रतियोगीताको विजेताले ६ लाख ५० हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?