
काठमाण्डौ । चन्द्रागीरी गोल्डकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज फ्रेण्ड्स क्लब र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुदैछ । ए डिभिजन क्लबहरु प्रतियोगीताको सेमिफाइनलको लक्ष्यमा एकअर्का बिरुद्ध मैदान उत्रनेछन् । चन्द्रागीरी नगरपालिका पुरानो नैकापस्थित खेल मैदानमा दिउसो ३ बजेपछि यी २ टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ ।
फ्रेण्ड्सले चन्द्रागीरी नगरपालिकाको टोलीलाई हराउदै क्वार्टरफाइनल यात्रा तय गरेको हो भने थ्रीस्टारले वाई पाएर क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो ।
यसअघि हिजो भएको खेलमा विभागीय त्रिभुवन आर्मीलाई १–० ले हराउदै ब्रिगेड ब्वाईज क्लब प्रतियोगीताको सेमिफाइनलमा प्रबेश गरेको थियो ।
३ विभागीय सहित १२ टोली सहभागी गोल्डकप दिपशीखा युवा क्लबको आयोजनामा भएको हो । प्रतियोगीताको विजेताले ६ लाख ५० हजार रुपैया हात पार्नेछन् ।
