Logo

चन्द्रागिरी गोल्डकपको उपाधि एपीएफलाई, पुलिस टाईब्रेकरमा पराजित

ई-खेलकुद २०७६ मंसीर १४ , शनिबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । चन्द्रागिरी गोल्डकपको तेस्रो संस्करणको उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले उचालेको छ । आज भएको फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउदै एपीएफले उपाधि हात पारेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित पुरानो नैकापको खेल मैदानमा निर्धारित र अतिरिक्त समय एक एकको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । जसमा एपीएफ भाग्यमानी बन्यो । टाइब्रेकरमा पुलिसका जुमानु राईको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए । अजित भण्डारी, सुमन लामा, हेम तामाङ र भोला सिलवालले गोल गरे । एपीएफका नविन लामा, सुदीप सिख्राकार, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमाल पाचै खेलाडीले बललाई जाली चुमाएका थिए ।
उपाधि विजेता एपीएफले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख ५० हजारमा चित्त बुझायो ।
निर्धारित समयमा एपीएफले सातौं मिनेटमा प्रविन स्याङतानको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई बराबरीमा पुर्याए । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?