Logo

घरेलु मैदानको सागमा नेपाल ऐतिहासिक उपलब्धीतर्फ, ५० स्वर्णको लक्ष्यमा लम्कदै

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अगावै नेपाली खेलकुदका पदाधिकारीले घरेलु मैदानको सागलाई ऐतिहासिक बनाउने दाबी गर्दा धेरैलाई त्यो अपत्यारिलो लागेको थियो । आठौ सागमा ३१ स्वर्णसहित तालिकामा दोस्रो स्थानमा रहेको नेपाल त्यसअघि र पछिपनि त्यो आंकडामा पुग्न सकेको थिएन् । अझ यसपटक ५० स्वर्णको लक्ष्यमा नेपाल रहेको दावीले केहि आशंका जगाएको थियो ।
धेरै आरोह र अबरोहको सामना गर्दै नेपालले १३ औ सागको भब्य उद्घाटन गर्यो । खेलाडीपनि घरेलु मैदानमा २ दशकपछि मेगा ईभेन्टमा सहभागि हुन पाउने भएकाले निक्कै उत्साहि थिए । पदाधिकारीको दाबीजस्तै नेपाली खेलाडीको प्रर्दशनले पनि एकपछि अर्को सफलता हात पार्दै गएपछि नेपाल ५० स्वर्णको आंकडातर्फ अघि बढेको छ ।
कुल ३ सय १७ स्वर्णको स्पर्धामध्ये एक सयभन्दा केहि बढि स्पर्धा सकिदा नेपाल ४० स्वर्णको नजिक पुगेको छ । पाँचौ दिन भारोत्तोलन र स्वीमिङतर्फको सफलताले थप सकारात्मक संकेतहरु देखा परेका छन् ।
ब्यक्तिगत ईभेन्टमा मात्र होईन, टिम ईभेन्टतर्फपनि नेपालले यो पटक निक्कै उत्कृष्ट नतिजा निकाल्दै गएपछि तालिकामा लक्ष्यअनुरुपकै सफलता हात पर्ने संभावना बढेको छ । महिला फुटबलको स्वर्ण नजिक पुगेको नेपाल पुरुषतर्फपनि बलियो अवस्थामा रहेको छ । आश गरिएका केहि ईभेन्टका खेलहरु छैठौ देखी नवौ दिन पनि हुनेछन् । अबका स्पर्धामध्ये नेपालले एथ्लेटिक्स, बक्सीङ, गल्फ, जुडो र भारोत्तोलनबाट नेपालले स्वर्ण जित्ने संभावना बढि छ । त्यस्तै फुटबल र क्रिकेटबाट पनि केहि पदक जित्ने नेपालको योजना छ ।
व्यवस्थापकिय पाटोमा केहि कमी कमजोरी रहेपनि खेलाडीले जुन आत्मविश्वासी प्रर्दशन देखाएका छन्, यो निक्कै नै तारिफयोग्य पनि छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?