Logo

ग्लोबल छनोट खेल्ने नेपाली टोलीको घोषणा

ई-खेलकुद २०७८ माघ ६ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाडौं । ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

हिजो सकिएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताको प्रर्दशनका आधारमा मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले टोलीको घोषणा गरेका हुन् । टोलीमा प्रधानमन्त्री कपमा सर्बाधिक रन बनाएका आसिफ शेख, प्रदिप ऐरी, कुशल भुर्तेल, लोकेश बम सहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी र आरिफ शेख रहेका छन् ।

त्यस्तै कुशल मल्ल, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, विवेक यादव पनि टोलीमा अटाएका छन् । टोलीका नियमित सदस्य सोमपाल कामी र बिनोद भण्डारी यो टोलीबाट बाहिरिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?