
एजेन्सी । नामिबियाले युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पहलिो जित हात पारेको छ । आज भएको खेलमा स्कटल्याण्डलाई २४ रनले हराउदै नामिबियाले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
नमिबियाले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाएपछि नामिबियाको जित संभव भएको थियो । कालुम म्याकलियोडले ३९ र कप्तान रिची वेरिङटोनले २३ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा स्कटल्याण्ड दोस्रो हार भोग्न बाध्य भयो ।
नामिबियाका क्रिष्टि भिल्जोईन र जान फ्राईलिन्कले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ६ विकेट गुमाएर १ सय ५९ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा जेजे स्मितले ४३, जेरार्ड ईरास्मुसले ३७ र क्रिग विलियम्सले ३१ रनको योगदान गरे ।
